News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन डिस्टिलरीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक नाफा गत आवको तुलनामा १५.१६ प्रतिशत बढेर ८५ करोड १३ लाख रुपैयाँ पुगेको छ।
- कम्पनीको खुद बिक्री आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब ७८ करोड रुपैयाँबाट ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
- प्रतिसेयर आम्दानी २६.७३ रुपैयाँबाट ३०.७८ रुपैयाँ पुगेको र सेयर मूल्य हाल प्रतिकित्ता १ हजार १४६ रुपैयाँ रहेको छ।
२० वैशाख, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको यसै अवधिको तुलनामा १५.१६ प्रतिशत नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ८५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ७३ करोड ९२ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद बिक्री आम्दानीमा आएको सुधारले नै नाफामा टेवा पुर्याएको छ । खुद बिक्री आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ९ करोड रहेको छ । खुद नाफाको वृद्धिसँगै प्रतिसेयर आम्दानी बढेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी गत आवको यसै अवधिमा २६.७३ रुपैयाँ रहेकोमा अहिले ३०.७८ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १४६ रुपैयाँ छ ।
विगत ५२ सातालाई हेर्दा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ५५६.१० रुपैयाँ तथा न्यूनतम १ हजार १३५ रुपैयाँसम्म छ । हालको मूल्य पनि न्यूनतम मूल्य नजिक रहेको देखिन्छ ।
प्रतिक्रिया 4