+
+
Shares

‘मिस नेपाल २०२६’ को आवेदन खुल्यो, नयाँ नियम के छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १५:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ र इच्छुक युवतीले एक महिनासम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ।
  • आवेदनका लागि उमेर १८ देखि २७ वर्ष, उचाइ कम्तीमा ५ फिट ३ इन्च, अविवाहित र न्यूनतम शैक्षिक योग्यता प्लस टु हुनुपर्नेछ।
  • एनआरएन नागरिकता कार्ड भएका मात्र आवेदनका लागि योग्य हुनेछन् र साउन मध्यतिर फिनाले आयोजना गरिने तयारी छ।

काठमाडौं । ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।

संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ ।

आवेदनका लागि उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष ननाघेका र १ जनवरी २००० पछि जन्मिएका युवती मात्र योग्य मानिनेछन् । उचाइ कम्तीमा ५ फिट ३ इन्च (हिल बिना) हुनुपर्नेछ ।

त्यस्तै, आवेदक अविवाहित हुनुपर्ने र पहिले विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ । नेपाली नागरिकता वा पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह हुनुपर्नेछ ।

मिस वल्र्ड संगठनको मापदण्डअनुसार शरीरमा ट्याटु नभएको हुनुपर्ने सर्त पनि लागू गरिएको आयोजकले जनाएको छ ।

एनआरएन (गैरआवासीय नेपाली) का हकमा भने सामान्य विदेशी पासपोर्ट वा एनआरएन परिचयपत्र मात्र पर्याप्त नहुने स्पष्ट गरिएको छ । नयाँ संवैधानिक प्रावधानअनुसार प्राप्त एनआरएन नागरिकता कार्ड भएकाहरू मात्र आवेदनका लागि योग्य हुनेछन् ।

मिस नेपाल प्रतिस्पर्धा देशकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जहाँबाट विजेता अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउँछन् ।

साउन मध्यतिर फिनाले आयोजनाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?