News Summary
Generated by OK AI. Editorially reviewed.- हिप्पोपोटामसलाई नेपालीमा जलगैँडा भनिन्छ र उनीहरू पानीमा डुबेर बस्छन् तर पौडिन सक्दैनन्, नदीको तल हिँड्छन्।
- हिप्पोको छालाबाट निस्कने रातो तेलजस्तो पदार्थले सनब्लक, मोइस्चराइजर र एन्टिबायोटिकको काम गर्छ र छाला संक्रमणबाट बचाउँछ।
- हिप्पोहरू दिनको १६–१८ घण्टा पानीमा बिताउँछन् र राति ३०–४० किलो घाँस खान निस्कन्छन्, उनीहरूको आक्रामकता आत्मरक्षा र क्षेत्रीय व्यवहारबाट आउँछ।
हिप्पोपोटामसलाई छोटकरीमा हिप्पो भन्ने गरिन्छ । पानीमा बस्ने यो यो जनावरलाई नेपालीमा जलगैँडा पनि भन्ने गरिन्छ । युनानी भाषामा ‘हिप्पोपोटामस’को अर्थ ‘नदीको घोडा’ हो, तर यो घोडाको विशेषता ह्वेल र डल्फिनसँग मिल्दोजुल्दो हुन्छ ।
उनीहरू दिनभर पानीमा डुबेर बस्छन् र राति घाँस खान निस्कन्छन् । रोचक कुरा के छ भने पानीमा बस्ने भए पनि उनीहरू पौडिन जान्दैनन्, बरू नदीको गहिराइमा हिँड्न सक्छन् ।
जलगैंडाबारे केही रोचक तथ्य
१. आफ्नै सनब्लक उत्पादन गर्ने जनावर
हिप्पोपोटामसको छालाबाट रातो तेलजस्तो पदार्थ निस्किन्छ । यसलाई हेर्ने जोकोहीले पनि रगत बगिरहेको ठान्छन् । यो ‘हिप्पोसुडोरिक एसिड’ र ‘नोरहिप्पोसुडोरिक एसिड’ नामक विशेष पिग्मेन्ट हो ।
यो पदार्थ सुरुमा रगंहीन हुन्छ, तर हावा र घाममा आएपछि केही मिनेटमै रातो हुँदै खैरो बन्छ । युले प्राकृतिक सनब्लक, मोइस्चराइजर र एन्टिबायोटिकको काम गर्छ ।
हिप्पोको छाला अत्यन्त संवेदनशील हुन्छ । सीधा घाममा बस्दा छाला फुट्ने र संक्रमणको जोखिम हुन्छ, जुन सो रातो रङले जोगाउँछ । यो रातो पदार्थले विकिरण सोस्छ, छालालाई चिसो राख्छ, ब्याक्टेरिया मार्छ र कीराहरूबाट समेत बचाउँछ । वैज्ञानिकहरूले यो पदार्थलाई अध्ययन गरेर मानिसको सनस्क्रिन र औषधिमा प्रयोग गर्न सकिने सम्भावना देखेका छन् ।
प्रकृतिले हिप्पोलाई यस्तो अद्भूत ‘स्व–रक्षा प्रणाली’ दिएको छ, जसले उनीहरूलाई कठोर अफ्रिकी घाममा पनि बाँच्न मद्दत गर्छ । यदि यो पदार्थ नभएको भए हिप्पोको छाला घाममा डढेर फुट्ने थियो । यो अनौठो अनुकूलनले हिप्पोलाई अन्य जनावरभन्दा फरक बनाउँछ ।
२. पानीमै बढी समय बिताउने स्वभाव
हिप्पोहरू आफ्नो दिनको १६–१८ घण्टासम्म पानीमा बिताउँछन् । उनीहरू नदी, ताल र दलदलमा बस्न रुचाउँछन् । पानीले उनीहरूको संवेदनशील छालालाई सुख्खा हुनबाट जोगाउँछ र शरीरको तापक्रम नियन्त्रण गर्छ ।
राति पानीबाट बाहिर निस्केर उनीहरू ३०–४० किलोसम्म घाँस खान्छन् ।
रोचक कुरा के छ भने, हिप्पो पौडी खेल्न सक्दैनन् र तैरिँदैनन् । उनीहरूको शरीरको छाला अत्यन्त बाक्लो हुन्छ । पानीमा उनीहरू नदीको तल हिंड्छन् वा खुट्टाले धकेल्दै अगाडि बढ्छन् । उनीहरूको नाक, कान र आँखा पानीमा डुब्दा पनि बन्द हुँदैन ।
उनीहरू ५ मिनेटसम्म सास रोकेर पानीमुनि बस्न सक्छन् । पानी हिप्पोको जीवनको केन्द्र हो। यदि पानी सुके भने उनीहरूको अस्तित्व नै जोखिममा पर्छ ।
यो अनुकूलनले हिप्पोलाई दिनको तातो घामबाट बचाउँछ र राति खाना खोज्न सजिलो बनाउँछ । पानीमा बस्दा उनीहरू शिकारी जनावर बाघ, सिंह आदिबाट पनि बच्न सक्छन् । हिप्पोको यो जल–केन्द्रित जीवनशैलीले उनीहरूलाई विशेष बनाएको छ ।
३. अत्यन्तै आक्रामक स्वभाव
हिप्पो हेर्दा शान्त र मोटो देखिन्छन्, तर वास्तवमा उनीहरू अत्यन्त आक्रामक हुन्छन् । अफ्रिकामा सिंह, हात्ती र केही सर्पपछि मानिस मार्ने जनावरमा हिप्पो पनि पर्छ ।
आफ्नो क्षेत्र, बच्चा वा साथीलाई खतरा भए उनीहरू तुरुन्त आक्रमण गर्छन् । उनीहरूको मुख १८० डिग्रीसम्म खुल्छ र दाँत ५० सेन्टिमिटरसम्म लामो हुन्छ । एउटा टोकाइले मानिसलाई मार्न सक्छ ।
उनीहरूको आवाज ११५ डेसिबलसम्म पुग्छ, जुन रक कन्सर्ट जस्तै चर्को हुन्छ । क्षेत्र रक्षा गर्दा उनीहरूले पुच्छर घुमाएर दिसा र पिसाब छिट्टै फ्याँक्छन्, जसलाई ‘डङ फ्लिङ’ भनिन्छ ।
उनीहरूको आक्रामकता मुख्य रूपमा आत्मरक्षा र क्षेत्रीय व्यवहारबाट आउँछ ।
४. ठूलो शरीर र भारी तौल
हात्ती र सेतो गैंडापछि हिप्पो संसारको तेस्रो ठूलो स्थल जनावर हो । वयस्क भालेको तौल १५०० देखि ३२०० किलोसम्म पुग्छ, जुन तीनवटा साना गाडीको जत्रो हो । उनीहरूको छाला ६ सेन्टिमिटरसम्म बाक्लो हुन्छ, जसले उनीहरूलाई घाउबाट बचाउँछ । शरीर ठूलो भए पनि पानीमा उनीहरू हल्का महसुस गर्छन् ।
यो ठूलो शरीरले उनीहरूलाई शक्ति दिन्छ तर खाना खोज्न राति धेरै दूरी हिँड्नुपर्छ ।
५.छिटो दौडन सक्ने क्षमता
हिप्पो मोटो देखिए पनि जमिनमा ३० किलोमिटर प्रतिघण्टाका दरले दौड्न सक्छन्– जुन औसत मानिसको दौडने गतिभन्दा छिटो हो । छोटो दूरीमा उनीहरूको गति अत्यन्त खतरनाक हुन्छ ।
यो क्षमताले शिकारी वा खतरा देखिएपछि भाग्न र आक्रमण गर्न मद्दत गर्छ ।
६.शाकाहारी तर शक्तिशाली
हिप्पो पूर्णशाकाहारी हुन् । उनीहरू राति ३५–४० किलो घाँस खान्छन् । तर शाकाहारी भए पनि उनीहरूको शक्ति र आक्रामकता निकै ठूलो छ ।
७.पानीभित्र सुत्ने अनौठो बानी
हिप्पो पानीमुनि सुत्न सक्छन् । उनीहरूको शरीरले स्वतः सास लिन सतहमा आउँछ, सुतिरहेको बेला पनि । उनीहरूले ५ मिनेटसम्म सास रोक्न सक्छन् ।
८. समूहमा बस्न रुचाउने र अनौठो प्रजनन्
हिप्पोहरू समूहमा बस्न रुचाउँछन् । एक समूहमा १० देखि ३० सदस्यसम्म हुन सक्छन्, जसमा एक प्रमुख भाले हुन्छ ।
मेटिङ मुख्य रूपमा पानीमा हुन्छ । भालेले पोथीको पिसाब सुँघेर प्रजनन तयारी थाहा पाउँछ । गर्भावस्था ८ महिना सम्म रहन्छ । बच्चा पानीमै जन्मिन्छ र तुरुन्त सास लिन सतहमा आउँछ । आमाले बच्चालाई पानीमुनि दूध खुवाउँछिन् ।
यो अनौठो प्रजनन र सामाजिक व्यवहारले हिप्पोको जल–केन्द्रित जीवनशैली देखाउँछ ।
प्रतिक्रिया 4