२० वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्यो ।
१३७औँ दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन कांग्रेसले यही वैशाख १८ र १९ गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय परिषद् कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा युवा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त स्वास्थ्य शिविरमा २०० भन्दा बढी श्रमिक तथा सहभागीहरूको स्वास्थ्य जाँच गरिएको ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले जानकारी दिए ।
सुनारका अनुसार शिविरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ, मधुमेह परीक्षण, रक्तचाप जाँच, बडी मास इन्डेक्स मापनका साथै आवश्यक औषधि वितरण गरिएको थियो ।
श्रमिक दिवसको अवसरमा सञ्चालन गरिएको यस स्वास्थ्य शिविरले श्रमिकहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै ट्रेड युनियन आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास रहेको सुनारले बताए ।
प्रतिक्रिया 4