+
+
Shares

पाँचथर पुगेर कांग्रेस नेता आङ्देम्बेले गरे सदस्यता अद्यावधिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका छन्।
  • कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि ‘जरामा जाऊँ अभियान’ सञ्चालन गरेको छ र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
  • निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिएपछि अभियानले सफलता लिन नसकेको केन्द्रीय प्रतिनिधिहरू बताउँछन्।

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विषयमा विवाद चर्किरहेका बेला उनले गृहजिल्ला पाँचथर पुगेर सदस्यता अद्यावधिक गरेका हुन् ।

संसदीय दलका नेता आङ्देम्बेले पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा पुगेर आफ्नो क्रियाशिल सदस्यता अद्यावधिक गराएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि ‘जरामा जाऊँ अभियान’ अन्तर्गत ७७ वटै जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

तर, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अद्यावधिक नगर्ने अडान लिएपछि अभियानले सफलता लिन नसकेको केन्द्रीय प्रतिनिधिहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?