News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग इजरायली राजदूत श्मुलिक आरी बासले सिंहदरबारमा भेटवार्ता गरेका छन्।
- राजदूत बासले आङ्देम्बेलाई दलको नेता चयनमा बधाई तथा शुभकामना दिएका थिए।
- भेटवार्तामा नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो।
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।
राजदूत बासले बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता आङ्देम्बेसँग भेटवार्ता गरेका हुन् ।
नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो ।
भेटका क्रममा राजदूत बासले उनलाई दलको नेता चयन भएकोमा बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4