+
+
Shares

भूमिहीनलाई सडकमा बस्न बाध्य बनाउने नीति स्वीकार्य छैन : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कार्यको विरोध गरेका छन्।
  • राईले सुकुमवासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे।
  • उनले गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन र बासस्थानको उचित व्यवस्थापन गर्नुपर्ने बताए।

२१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कार्यको विरोध गरेका छन् ।

सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुमवासी बस्तीमा पुगेका अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन् ।

उनले सुकुमवासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे ।

‘सुकुमवासीलाई विस्थापित गर्नु हुँदैन । उहाँहरू पनि नेपाली नागरिक हुनुहुन्छ । यो देश गरिबको पनि हो,’ उनले भने, ‘गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन । गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?