+
+
Shares

भृकुटी कागज कारखानाका ३३३ श्रमिकको ४० करोड बक्यौता माग

प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत पत्र बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भृकुटी कागज कारखानाका ३३३ श्रमिकले करिब ४० करोड भुक्तानीका लागि प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
  • उद्योग २०६७ देखि बन्द छ र कतिपय श्रमिकको मृत्युसमेत भइसकेको ज्ञापनपत्रमा उल्लेख छ।
  • श्रमिकहरूले गैँडाकोटको ६० बिघा जग्गा कृषि, उद्योग वा नमुना बजारका रूपमा विकास गर्न माग गरेका छन्।

२१ वैशाख, काठमाडौं । भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक माग्दै ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत पत्र बुझाएका हुन् ।

नवलपुरको गैँडाकोटमा रहेको उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ । पारिश्रमिक लिन बाँकी कतिपय श्रमिकको मृत्युसमेत भइसकेको ज्ञापन पत्रमा उल्लेख छ ।

उनीहरूले गैँडाकोट नगरपालिकामा रहेको ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ ।

अभियानका संयोजक गणेश सापकोटाले भृकुटी कागज कारखानाबारे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्र अनुसार कदम नचालिए आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?