+
+
Shares

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन निर्देशन

समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिए।
  • गजुरेलले परियोजना सञ्चालनमा ढिलाइ गर्न नहुने र पूर्वनिर्धारित समयमै सुरुङमार्ग सञ्चालन गर्न नसकिएकोप्रति असन्तुष्टि जनाए।
  • परियोजनामा आवश्यक पूर्वाधार निर्माण, निजी क्षेत्र छनोट, कार्यविधि र दररेट तय भइसकेको अवस्थामा ढिलाइ स्वीकार्य नहुने उनको भनाइ छ।

२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

नागढुंगा सुरुङमार्गको अनुगमन गर्दै गजुरेलले उक्त निर्देशन दिएका हुन् ।

समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।

उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टि जनिाए ।

परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ ।

उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।

उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए ।

उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि असन्तुष्टि जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?