News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा आजदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।
- प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्रकुमार कार्की र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितिमा उद्घाटन गरिएको हो।
- इलाका प्रशासन कार्यालय स्थापना भएसँगै भोटखोला र मकालु गाउँपालिकाका नागरिकले नागरिकता र प्रशासनिक सेवा आफ्नै घर नजिकैबाट पाउन सक्ने भएका छन्।
२१ वैशाख, संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा आजदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्रकुमार कार्की र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितिमा आज इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको हो ।
इलाका प्रशासन कार्यालय स्थापना भएसँगै विशेष गरी भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाका नागरिकलाई ठूलो राहत पुगेको छ ।
अब नागरिकता लिन तथा अन्य प्रशासनिक सेवा प्राप्त गर्न यस क्षेत्रका नागरिकहरू जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा सांसद कार्कीले उत्तरी क्षेत्रका नागरिकले सामान्य प्रशासनिक सेवा लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । स्थानीय बासिन्दाले नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा अब आफ्नै घर नजिकैबाट प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
सरकारले सेवा प्रवाहलाई सरल र पहुँचयोग्य बनाउन विभिन्न दुर्गम स्थानमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीति अनुसार यस क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको प्रजिअ थपलियाले बताइन् ।
११ पुस २०८२ सालमा सरकारले हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4