+
+
Shares

विद्युत् प्राधिकरण र नियमन आयोगका १० जना स्वत: पदमुक्त

अध्यादेशको दफा २ अनुसार विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सहित १० जना पदमुक्त भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १९:०५

२१ वैशाख, काठमाडौं । ‌‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत निकायका पदाधिकारीहरू स्वत: पदमुक्त भएका छन् ।

मन्त्रालयले सूचना मार्फत अध्यादेशको दफा २ अनुसार विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सहित १० जना पदमुक्त भएको जनाएको छ ।

विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धिताल सहित सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन् ।

अध्यादेश कार्यान्वयनमा आएसँगै सम्बन्धित निकायका ती पदाधिकारीहरू स्वत: पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पदमुक्त भएका छन् । प्राधिकरण सञ्चालक समिति सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?