News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाबाट फरार बैंकिङ कसुर मुद्दाका पंकज साह र जबरजस्ती करणी मुद्दाका तिलक राई पक्राउ परेका छन्।
- पंकज साह धरान उपमहानगरपालिका–१७ र तिलक राई सुनसरीको इटहरीबाट पक्राउ परेका हुन्।
- संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले पक्राउको जानकारी दिनुभएको छ।
२२ वैशाख, संखुवासभा । संखुवासभाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ घर भई हाल धरान उपमहानगर पालिका–१७ बस्ने ३३ वर्षीय पंकज साह र संखुवासभाको पाँचखपन नगरपालिका-१ बस्ने २८ वर्षीय तिलक भन्ने आकाश राई रहेका छन् ।
प्रहरीका अनुसार साह बैंकिङ कसुर मुद्दा र राई जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थिए ।
संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार साह धरानबाट र राई सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4