+
+
Shares

सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको र इन्डियन आयल कर्पोरेसनले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने सचिव कृष्णबहादुर राउतले बताए।
  • सरकारले खाना पकाउने ग्यास र पेट्रोलमा घाटामा व्यापार गरिरहेको र स्वचालित मूल्य प्रणाली लागू गर्दा मूल्य अझै बढ्ने सचिव राउतले खुलाए।
  • नेपाल आयल निगम मुनाफामा नरहेको र कर्मचारीलाई बोनस नदिने अवस्था रहेको सचिव राउतले जानकारी दिनुभयो।

२२ वैशाख, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए ।

आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।

स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।

सचिव राउतले भने, ‘कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको छ । पछिल्लो समय सरकार गठन भएपछि नियमित रूपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ । तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ ।’

सरकारले हाल नेपाल आयल निगमका कर्मचारीलाई बोनस दिने काम नगरेको पनि बताए । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरूले बोनस खाने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?