+
+
Shares

शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरी प्रतिवेदन

शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
  • पाठक माइतीघरमा सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै धर्ना बसेकी थिइन् र त्यही ठाउँमा नेकपा एमालेका सचिव महेश बस्नेती पत्नी अम्बिका बस्नेतसहितको समूहले आक्रमण गरेको थियो।
  • प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको र सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

२२ वैशाख, काठमाडौं । शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आज मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो । उनका अनुसार १० जनालाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै पाठक माइतीघरमा धर्ना बसेकी थिइन् । सोही ठाउँमा गएर नेकपा एमालेका सचिव महेश बस्नेती पत्नी अम्बिका बस्नेतसहितको समूहले आक्रमण गरेको थियो ।

अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले अहिले भने ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालय प्रतिवेदन अध्ययन गरेपछि अदालतमा मुद्दा दर्ता गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?