News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत ३३ जना पदाधिकारी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार पदमुक्त भएका छन्।
- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र सदस्यहरू नरेन्द्रकुमार देव, कुमारमणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा पदमुक्त भएका छन्।
- पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, सदस्यहरू सहित नेपाल वायुसेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा पदमुक्त भएका छन्।
२२ वैशाख, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत ३३ जना पदमुक्त भएका छन् ।
मन्त्रालयले अध्यादेश अनुसार पदमुक्त हुने पदाधिकारीको नाम सार्वजनिक गरेको छ । जस अनुसार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी समेत पदमुक्त भएका छन् ।
बोर्डमा सीईओ जोशीसँगै सदस्यहरू नरेन्द्रकुमार देव, कुमारमणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा पदमुक्त भएका छन् ।
त्यस्तै पशुपति क्षेत्र विकास कोष अर्न्तगत सदस्यसचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, सदस्य हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजुकुमार खत्री पदमुक्त भएका छन् ।
यसैगरी नेपाल वायुसेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा समेत पदमुक्त भएका छन् ।

प्रतिक्रिया 4