News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वव्यापी मोबिलिटी प्ल्याटफर्म इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको युनिकर्न कम्युनिटीमा आधिकारिक रूपमा आवद्ध भएको छ।
- इनड्राइभले डिजिटल अर्थतन्त्रमा निष्पक्ष पहुँच र आर्थिक अवसर विस्तारमा योगदान पुर्याउँदै आएको छ।
- इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका १ हजार भन्दा बढी सहरमा सञ्चालनमा छ र पियर–टु–पियर मूल्य निर्धारण मोडेल प्रयोग गर्छ।
२२ वैशाख, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्ल्याटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ)को ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ ।
निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो । नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि यसको मान्यता दिइन्छ ।
नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत आम नागरिकका लागि अझ न्यायोचित र समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा सक्रिय योगदान पुर्याउँदै आएको छ ।
युनिकर्न कम्युनिटीमा इनड्राइभको सहभागिताले निष्पक्ष पहुँच, आर्थिक अवसरको विस्तार तथा समावेशीतालाई थप प्रवर्द्धन गर्ने कम्पनीको भनाइ छ । इनड्राइभ प्लेटफर्म मोडेलले यात्रु र चालकबीच प्रत्यक्ष मूल्य वार्ताको सुविधा उपलब्ध गराउँदै डिजिटल बजारमा पारदर्शिता र विश्वासलाई मजबुत बनाउँदै आएको छ ।
इनड्राइभका फाउन्डर एन्ड सीईओ आर्सेन टम्स्कीले विश्व इकोनोमिक फोरमको युनिकर्न कम्युनिटीमा आवद्ध हुनु इनड्राइभका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
‘विशेषगरी तीव्र गतिमा विकास भइरहेका तथा सेवा अभाव भएका बजारहरूमा समावेशी, पारदर्शी र न्यायसंगत डिजिटल अर्थतन्त्र निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा योगदान दिन हामी प्रतिवद्ध छौं’ उनले भने ।
हाल इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका १ हजार भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ । कम्पनीको ‘पियर–टु–पियर’ मूल्य निर्धारण मोडेलले यात्रु र चालकलाई प्रत्यक्ष रूपमा भाडा तय गर्ने सुविधा प्रदान गर्दै सेवामा पहुँच विस्तार र सेवा प्रदायकहरूको आम्दानीमा न्यायोचितता सुनिश्चित गर्न सहयोग पुर्याउँछ ।
प्रतिक्रिया 4