News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएपछि करिब १६ सय पदाधिकारीहरू पदमुक्त भएका छन्।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ९ वटा निकायका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन्।
- पदमुक्त भएका निकायहरूमा गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय सूचना आयोग, चलचित्र जाँच समिति र न्यूनतम पारिश्रमिक निर्धारण समिति रहेका छन्।
२२ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् ।
सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएसँगै करिब १६ सय पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन् ।
सोही अन्तर्गत सञ्चार मन्त्रालय मातहत रहेका ९ वटा निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन्
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त भएका ३६ जनाको नामवाली सार्वजनिक गरेको छ ।
गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय सूचना आयोग, चलचित्र जाँच समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिका पदाधिकारीहरू स्वत: पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4