+
+
Shares

एयर प्युरिफायर किन्नुअघि अवश्य जान्नुहोस् यी ५ महत्वपूर्ण कुरा

एयर प्युरिफायर एक पटकको खरिद मात्र होइन । यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाइ गर्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बढ्दो शहरीकरण र प्रदूषणले घरभित्रको हावा पनि प्रदूषित भएको छ, जसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।

बढ्दो शहरीकरण, प्रदूषण, जनवायु परिवर्तन जस्ता समस्याले अहिले हाम्रो वरपरको वातावरण निकै अस्वस्थ हुन थालेको छ । विशेषगरी शहरी क्षेत्रमा अहिले सास फेर्ने हावा पनि खरा हुने गर्छ । हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ तर साँच्चै यो सफा छ त ?

बढ्दझ प्रदूषणका कारण घरभित्रको हावा पनि अब प्रदूषित भइसकेको छ । यस्तो अवस्थामा धेरै मानिसहरू आफू र आफ्नो परिवारको स्वास्थ्य जोगाउन एयर प्युरिफायर किन्न थालेका छन् । तर एयर प्युरिफायर किन्नुअघि केही महत्वपूर्ण कुराहरू जान्नु अत्यावश्यक छ ।

सही जानकारी बिना गलत वा महँगो उत्पाद किन्नमा हामी बाध्य भइरहेका हुन्छौ । एयर प्युरिफायर किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । जस्तै:- फिल्टर कस्तो छ, कोठाको साइज अनुसार मेसिन कस्तो लिने, र कुन फिचर्सहरू साँच्चै आवश्यक छन् ।

सही उत्पादन छान्दा पैसा र स्वास्थ्य दुवै बचाउन मद्दत मिल्छ ।

१. हाई एफिसेन्सी पार्टिक्युलेट एयर (एचईपीए) फिल्टर महत्वपूर्ण छ

एचईपीए फिल्टर एउटा यस्तो प्रविधि हो, जसले हावामा रहेका ०.३ माइक्रोनसम्मका धूलो, परागकण, ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरूलाई प्रभावकारी रूपमा सफा गर्छ । एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिले हेर्नुपर्छ त्यसमा असली एचइपिए फिल्टर छ कि छैन भनेर । बजारमा धेरै उत्पादनहरूले ‘एचइपिए टाइप’ मात्र लेखेर ग्राहकहरूलाई भ्रमित गर्छन्, जुन असली एचईपीए जत्तिको प्रभावकारी हुँदैन ।

यदि घरमा एलर्जीबाट पीडित कोही सदस्य छन् वा साना बच्चाहरू छन् भने एचईपीए फिल्टर भएको प्युरिफायर सबैभन्दा बढी फाइदाजनक हुन्छ । यसले स्वास्थ्य सुधार्नमा ठूलो भूमिका खेल्न सक्छ । त्यसैले एचईपीए फिल्टर भएको एयर प्युरिफायर नै किन्नु राम्रो हुन्छ ।

२. कोठाको साइज अनुसार छान्ने

हरेक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ, जसलाई सीएडीआर (क्लिन एयर डेलिभरी रेट) भनिन्छ । यस मेसिनले कति छिटो हावा सफा गर्न सक्छ भन्ने देखाउँछ । यदि कोठा ठूलो छ र सानो प्युरिफायर किनियो भने त्यसले राम्रोसँग काम गर्दैन ।

त्यसैले सधैं आफ्नो कोठाको स्क्वायर फिट अनुसार मोडेल छान्नुपर्छ । कुन प्युरिफायर कतिसम्मको कोठामा उपयुक्त हुन्छ भनेर उत्पादनमै उल्लेख गरिएको हुन्छ । यो कुरालाई बेवास्ता गरियो भने पैसा खर्च हुन्छ तर हावा सफा हुँदैन ।

३. आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ

धेरै पटक हामी प्युरिफायर किन्न त किन्छौं, तर पछि यसको आवाज वा बिजुलीको बिलले सताउँछ । राति सुत्न नदिने आवाज भएको वा महँगो बिजुली खपत गर्ने सामान धेरै फाइदाजनक हुँदैन ।

किन्नुअघि मेसिनको डेसिबल लेभल (आवाजको मात्रा) कति छ हेर्नुपर्छ । साथै, यसमा एनर्जी सेभिङ फिचर्स छन् कि छैन पनि जाँच गर्नुपर्छ । अहिले बजारमा धेरै मोडेलहरू उपलब्ध छन् जुन कम बिजुलीमा चल्छन् र एकदम शान्त हुन्छन् । यसले निद्रामा बाधा नपुर्‍याउने र बिजुलीको पैसा बचत हुने जस्ता फाइदा मिल्छ ।

४. फिचर्स बुझ्न्, आवश्यक कुरामा मात्र ध्यान दिने

आजका स्मार्ट एयर प्युरिफायरमा वाइफाइ कनेक्टिभिटी, मोबाइल एपबाट कन्ट्रोल, अटो मोड, नाइट मोड जस्ता धेरै फिचर्स हुन्छन् । तर सबै फिचर्स सबैलाई आवश्यक पर्दैनन् ।

बजेट सीमित छ भने आधारभूत तर महत्वपूर्ण फिचर्स जस्तै एचईपीए फिल्टर, फिल्टर चेन्ज इन्डिकेटर, अटो स्पीड कन्ट्रोललाई प्राथमिकता दिनुपर्छ ।

स्मार्ट फिचर्स राम्रा छन् तर अनिवार्य होइनन् । त्यसैले आफूलाई नचाहिने कुरामा बढी खर्च गर्नुहुँदैन । मुख्य कुरा हावा सफा हुनुपर्छ, बाँकी फिचर्स पछि हेर्दा हुन्छ ।

५. फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ

एयर प्युरिफायर एक पटकको खरिद मात्र होइन । यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाइ गर्नुपर्छ ।  फिल्टर कति महिनासम्म चल्छ र नयाँ फिल्टरको मूल्य कति पर्छ भन्ने कुरा किन्नुअगाडि यकीन गर्नुपर्छ ।

धेरै सस्ता प्युरिफायरको फिल्टर चाँडै बिग्रिन्छ र नयाँ किन्न महँगो पर्छ, जसले कुल खर्च बढाउँछ । साथै, फिल्टर सजिलै बजारमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने पनि हेर्नुपर्छ । ्रा

म्रो एयर प्युरिफायर त्यही हो जसले कम मर्मत लागतमा लामो समयसम्म काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?