+
+
Shares

संवैधानिक परिषद् बैठकको मुख्य कार्यसूची– प्रधानन्यायाधीश नियुक्ति

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार अपराह्न ५ बजे बोलाएको छ।
  • बैठकमा सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन मन्त्री सोबिता गौतम लगायतलाई आमन्त्रण गरिएको छ।
  • प्रधानमन्त्रीको निर्देशनअनुसार संवैधानिक परिषद्को बैठकमा ५० प्रतिशत सदस्यको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने अध्यादेश जारी भइसकेको छ।

२३ वैशाख, काठमाडौं । सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ । जसका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाइएको हो ।

बैठक भोलि (बिहीबार) अपराह्न ५ बजे बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिसकेका छन् ।

उक्त अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?