News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले सार्वजनिक जग्गा जथाभावी बाँड्ने काममा संलग्न पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवलाई तत्काल पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहितको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
- कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको संवैधानिक इजलासले उक्त रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरे पनि अन्तरिम आदेश नदिनु उपयुक्त ठहर गरेको छ।
- भेषराज लुइँटेललगायतले जथाभावी जग्गा बाँड्ने काममा संलग्न पूर्वप्रधानमन्त्रीलगायत राज्यका विशिष्ट अधिकारीहरूलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित रिट निवेदन दिएका थिए।
२३ वैशाख, काठमाडौं । सार्वजनिक जग्गा जथाभावी बाँड्ने काममा संलग्न रहेको भन्दै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवलाई तत्काल पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको संवैधानिक इजलासले उक्त रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरे पनि अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको हो ।
भेषराज लुइँटेललगायतले जथाभावी जग्गा बाँड्ने काममा संलग्न रहेको भन्दै पूर्वप्रधानमन्त्रीलगायत राज्यका विशिष्ट अधिकारीहरूलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
प्रतिक्रिया 4