+
+
Shares

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूतको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते २१:४६

२३ वैशाख, काठमााडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलसँग भेटवार्ता गरेकी छिन् ।

कानुनमन्त्री गौतमलाई भेट्न राजदूत कोर्टेबल बुधबार दिउँसो मन्त्रालय पुगेकी थिइन् ।

सो क्रममा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई बधाइ एवं शुभकामना व्यक्त गरिन् ।

साथै, मन्त्रालयसँग सहकार्य गर्न सकिने विविध विषयमा पनि छलफल भएको मन्त्री गौतमले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?