+
+
Shares

सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध

आन्दोलनमा सहभागीहरुले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख २४ गते ११:४२

२४ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकीमार्ग अवरुद्ध हुँदा सवारी आवतजावत प्रभावित बनेको छ ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८:३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् । आन्दोलनका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।

आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । स्थानीयका अनुसार भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्न बाध्य भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले आन्दोलनकारीसँग वार्ता तथा समन्वय भइरहेको जानकारी दिएका छन् । उनले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक स्वयं घटनास्थलमा खटिएको जनाइएको छ ।

प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीयवासीको सहभागिता थियो ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?