+
+
Shares

साउथ स्टार थलापति विजयसँग कति सम्पत्ति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १२:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तमिल सुपरस्टार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारु रहेको निर्वाचन विवरणमार्फत सार्वजनिक भएको छ।
  • उनको सम्पत्तिमा ४०४ करोड भारु चल सम्पत्ति र २२० करोड भारु अचल सम्पत्ति समावेश छन्।
  • विजयसँग २१३ करोड भारुभन्दा बढी इन्डियन ओभरसिज बैंकमा मौज्दात रहेको उल्लेख छ।

तमिल सुपरस्टार तथा राजनीतिज्ञ विजयको राजनीतिक उचाइसँगै आर्थिक हैसियत पनि चर्चामा छ । उनको पार्टी तमिलगा वेत्री कझगमले अभूतपूर्व जित हासिल गर्दै सरकार गठन गर्दैछ ।

मार्च २०२६ मा पेश गरिएको निर्वाचन विवरणअनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारु रहेको उल्लेख छ । यसमध्ये ४०४ करोड भारु चल सम्पत्ति र २२० करोड भारु अचल सम्पत्ति छ । चलचित्र, विज्ञापन र रियल स्टेट व्यवसायबाट उनले ठूलो आम्दानी गरेको बताइएको छ ।

रिपोर्टअनुसार विजयसँग विभिन्न बैंक खातामा ठूलो रकम जम्मा छ । विशेषगरी इन्डियन ओभरसिज बैंकमा मात्रै २१३ करोड भारुभन्दा बढी मौज्दात रहेको उल्लेख गरिएको छ । एक्सिस बैंक, एचडीएफसी र एसबीआईमा पनि करोडौंका फिक्स्ड डिपोजिट छन् । उनले विभिन्न कम्पनीमा लगानी गर्नुका साथै परिवारका सदस्यलाई ऋण तथा अग्रिम रकम दिएको विवरणमा उल्लेख छ ।

विजयसँग महँगा गाडीहरूको ठूलो संग्रह पनि छ । उनीसँग बीएमडब्लू ५३०, टोयोटा लेक्सस ३५०, टोयोटा भेलफायर, बीएमडब्लू आई–७, रेन्ज रोभर इभोक, अडी ए–८ एल र फोर्ड मस्टाङजस्ता लक्जरी गाडी छन् ।

उनको अचल सम्पत्तिमा कोडाइकनालस्थित कृषि भूमि र चेन्नईका विभिन्न क्षेत्रमा रहेका व्यावसायिक तथा आवासीय भवन समावेश छन् । नीलंकराई, सालिग्रामम, पोरुर, मायलापुर र एग्मोर क्षेत्रमा रहेका सम्पत्तिको मूल्य अर्बौंमा रहेको बताइएको छ ।

विजयको सबैभन्दा चर्चित सम्पत्ति भने नीलंकराईस्थित समुद्र किनारको आलिशान बंगला हो । कासुआरिना ड्राइभमा रहेको उक्त घरको मूल्य ७० देखि ८० करोड भारुसम्म रहेको अनुमान गरिएको छ ।

निर्वाचन विवरणअनुसार विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका गरगहना पनि छन्, जसको मूल्य १ करोड २० लाख भारुभन्दा बढी रहेको उल्लेख छ । उनले कुनै बैंक ऋण वा दायित्व नरहेको बताएका छन् । आर्थिक वर्ष २०२४–२५ मा मात्रै उनले १८४ करोड ५३ लाख भारु आम्दानी गरेको विवरण सार्वजनिक गरेका छन् ।

विजयले सन् १९९९ मा संगीता सोर्नालिंगम सँग विवाह गरेका थिए । उनका एक छोरा जेसन सञ्जय र एक छोरी दिव्या शाशा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?