+
+
Shares

बालेन सरकारले सुरुमै फासिस्ट चरित्र प्रदर्शन गर्‍यो : चित्रबहादुर केसी

‘जनतामा असन्तोष बढेर ठाउँठाउँबाट संघर्षको रूप लिँदैछ’

सरकारका गलत नीतिका विरुद्धका सबै प्रकारका विरोध र संघर्षलाई जनमोर्चाले समर्थन गर्दै ऐक्यबद्धता प्रकट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:५७

२४ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अध्यादेशमार्फत् बालेन शाह(बालेन्द्र) नेतृत्वको सरकारले सुरुमै आफ्नो फासिस्ट चरित्र प्रदर्शन गरेको टिप्पणी गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्मा अलोकतान्त्रिक र स्वेच्छाचारी व्यवस्था गरिएको टिप्पणी गरेका छन् ।

‘सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जारी गर्नुभएको छ,’ वक्तव्इमा भनिएको छ, ‘अध्यादेशमा संवैधानिक पदाधिकारीको नियुक्ति गर्दा ६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यले गरेकोे निर्णय बहुमतको निर्णय मानिने अलोकतान्त्रिक र स्वेच्छाचारी व्यवस्था गरिएको छ । जुन गलत छ ।’ त्यस प्रकारको प्रणालीबाट सरकारलाई मनोमानी प्रकारले कुनै पनि निर्णय गर्ने अधिकार दिएको केसीको ठहर छ ।

‘त्यस प्रकारको अध्यादेशलाई जारी गरेर बालेन सरकारले सुरुमा नै आफ्नो फासिस्ट चरित्रको प्रदर्शन गरेको छ । अध्यादेशले दिएको त्यस प्रकारको अधिकारबाट देश फासिस्ट दिशामा जाने छ,’ केसीले वक्तव्यमा भनेका छन् । सरकारको उक्त कार्यको दलका तर्फबाट उनले भर्त्सना गरेका छन् ।

यस्तै, सरकारले विद्यार्थी, ट्रेड युनियन र प्रेस तथा सुकुमवासीहरूका विरुद्ध जुन दमनचक्र चलाइरहेको वक्तव्यमा भनिएको छ । उनले अगाडि लेखेका छन्, ‘त्यसका विरुद्ध जनतामा असन्तोष र विरोध बढ्दै गइरहेको छ र त्यो विरोधले ठाउँठाउँमा संघर्षको रूप पनि लिँदैगएको छ ।’ सरकारका गलत नीतिका विरुद्धका सबै प्रकारका विरोध र संघर्षलाई जनमोर्चाले समर्थन गर्दै ऐक्यबद्धता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?