+
+
Shares

सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन्।
  • सरकारले सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन्।
  • राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका अध्यक्षले राजीनामा दिएका छन्।

२४ वैशाख, काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल थिए । त्यसैगरी सञ्चालकमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवाल थिए ।

त्यसैगरी कृषि विकास बैंक अध्यक्षमा डिमप्रसाद पौडेल थिए भने नेपाल बैंकमा प्रा. डा. डिल्लीराज शर्मा थिए ।

सरकारले सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्न ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूको हकमा बाध्यकारी गरेको थिएन । तर, पनि ती बैंकका अध्यक्ष तथा सञ्चालकले सरकारको नीति समर्थन गर्दै राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?