News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई वृद्धि गर्न कूटनीतिक नियोगहरूको सहभागितामा नयाँ सफलताको अध्याय शुरु गर्न आग्रह गर्नुभयो।
- अर्यालले शिक्षाको माध्यामद्वारा प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञ र जनसहभागिताका कार्यक्रमहरूले राष्ट्रिय महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो।
- उहाँले सबै पक्षलाई नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा प्रभावकारी बनाउन लगन, मेहनत र प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।
२५ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले कूटनीतिक नियोगहरूको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको बताए ।
नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि उनले बताए ।
‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरुक गरी शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।
शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।
‘तपाईंहरूको लगन, मेहनत र प्रतिवद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा हुन सक्दैनन् । सबै मिलेर नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रुपमा प्रवर्द्धन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्न कूटनीति नियोगहरूको सकारात्मक सहभागितामा सफलताको नयाँ अध्यायको शुरु गरौं,’ उनले भने ।
प्रतिक्रिया 4