News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागले २७ वैशाखका लागि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना जनाएको छ।
- देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल रहने विभागले उल्लेख गरेको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
२७ वैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4