+
+
Shares

चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई फिर्ता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैशाख महिनामा चोरी भएका ७३ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता हस्तान्तरण गरेको छ।
  • प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ८ वटा बाइक पहिले नै फिर्ता गरिसकेको र बाँकी ६५ वटा चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका बाइक फिर्ता लगाइएको बताए।
  • उनले जीपीएस जडान गर्न र सही ठाउँमा पार्किङ गर्न सबैलाई आग्रह गर्नुभयो ताकि सवारी चोरी हुनबाट बच्न सकियोस्।

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए ।

उनकाअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको बताए ।

कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारी फिर्ता गरिएको उनको भनाइ छ ।

उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरू पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौँ भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरू सवारी धनीलाई जिम्मा लगाएका छौँ । बाइकमा जीपीएस जडान गर्‍यौं, सही ठाउँमा पार्किङ गर‍यौँ भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’

उनले सवारी चोरी हुनबाट बच्न जीपीएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?