+
+

संविधान निर्माणमा एमाओवादी बाधकः माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते ११:४०

Madhav-Nepal-१३ असोज, बारा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माणमा एमाओवादी बाधक बनेको आरोप लगाएका छन् ।

दसैंको अवसरमा नेकपा एमाले बाराले औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले एमाओवादीले संविधान निर्माणका लागि काम भइरहेका बेला विभिन्न अड्को थापेर संविधान नबनाउने खेल सुरु गरेको बताए ।

जनताले तेस्रो स्थानमा पुर्‍याएको पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्छु भन्नु हास्यास्पद रहेको भन्दै नेपालले जनताको म्यान्डेट अनुसार काम गर्नुपर्ने बताए । उनले आफ्नो हैसियत अनुसारको काम गर्न माओवादीलाई आग्रह गरेका छन् ।

दलहरु संविधान निर्माणमा जुट्नुपर्ने बताउँदै नेता नेपालले जसरी पनि माघ ८ मा संविधान जारी गरिछोड्नुपर्ने बताए ।
क्रान्ति शाहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?