News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र पत्रकार संघका जिल्ला शाखाले केन्द्रीय कार्यसमितिको ४ बुँदे निर्णयप्रति असहमति जनाएका छन्।
- जिल्ला शाखाले गोपाल चलचित्र पत्रकारिता पुरस्कार स्थगित गर्ने निर्णय सच्याउन र ७ जेठमा पुनः आयोजना गर्न आग्रह गरेका छन्।
- जिल्ला शाखाले सदस्यता शुल्क बुझाउने थप समय र सदस्य नामावली स्वीकृत गर्न केन्द्रीय कार्यसमितिसँग माग गरेका छन्।
काठमाडौं । चलचित्र पत्रकार संघ अन्तर्गतका जिल्ला शाखाले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन् । भर्चुअल बैठकमार्फत उनीहरूले ४ बुँदे निर्णय सार्वजनिक गर्दै केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सहभागी जिल्ला शाखाका अध्यक्षहरूले विगतमा वितरण हुँदै आएको ‘गोपाल चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान’ यस वर्ष स्थगित गर्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
उनीहरुले ७ जेठमा स्थापना दिवसको अवसरमा उक्त पुरस्कार तथा सम्मान कार्यक्रम पुनः आयोजना गर्न आग्रह गरेका छन् ।
सदस्यता शुल्क नबुझाउने शाखा तथा सदस्यलाई आधिकारिक सदस्यता नदिने निर्णयप्रति पनि असन्तुष्टि जनाइएको छ । जिल्ला शाखालाई सदस्यता शुल्क बुझाउन थप समय दिनुपर्ने र शाखाबाट सिफारिस भएका सदस्यको नामावली तत्काल स्वीकृत गर्नुपर्ने माग गरिएको छ ।
बैठकले २०८२ वैशाख ८ गते सम्पन्न केन्द्रीय अधिवेशनमा जिल्ला शाखाहरुले पेश गरेका लिखित मागपत्र कार्यान्वयन गर्न पनि केन्द्रीय कार्यसमितिसँग आग्रह गरेको छ ।
माग तथा निर्णय कार्यान्वयन नभएसम्म जिल्ला शाखाबाट कुनै पनि गतिविधि नगर्ने चेतावनीसमेत दिइएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा चितवन, दाङ, सुनसरी, रुपन्देही, इलाम, कैलाली, मोरङ, बाँके, सुर्खेत, बुटवल, झापा, कास्की, पर्सा र मकवानपुर शाखाका अध्यक्षको हस्ताक्षर छ ।
प्रतिक्रिया 4