+
+
Shares

श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सदस्यहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग गर्दै समय माग गरेका छन्।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले गृह र रक्षा मन्त्रालयको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा र सुकुमवासी व्यवस्थापनमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै अध्यक्ष राईको भनाइप्रति ध्यानाकर्षण भएको बताएका छन्।

७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरेका छन् ।

यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए ।

सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?