+
+
Shares

श्रमिकले पारिश्रमिक माग गर्दा भिखारीको जस्तो व्यवहार भएको छ : विपिन आचार्य

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद आचार्यले ‘काम गर्दा कर्मचारी, पारिश्रमिक माग्दा भिखारी’ हुने गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा भिखारीको व्यवहार हुने बताएका छन्।
  • आचार्यले अनिवार्य तलब भुक्तानी, ओभरटाइमको स्पष्ट हिसाब र इन्टर्नलाई मर्यादित व्यवहार हुनुपर्ने बताए।
  • उनले तलब ढिला हुँदा व्याजसहित दिनुपर्ने कडा कानुनी व्यवस्था र अनुगमन संयन्त्रको माग गरे।

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग गर्दा भिखारीको व्यवहार गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा सांसद आचार्यले ‘काम गर्दा कर्मचारी, पारिश्रमिक माग्दा भिखारी’ हुने गरेको बताए ।

‘स्कुलदेखि मिडियासम्म र रेस्टुरेन्टदेखि बैंकसम्म, आज श्रमको मूल्य होइन, श्रमिकको बाध्यता नापिन्छ । एक त थोरै पारिश्रमिक, त्यो पनि महिनौंसम्म नपाउने अवस्था र बिना ज्याला दैनिक दुई–चार घण्टा ओभरटाइम गराइनु आज सामान्य प्रवृत्ति बनेको छ,’ आचार्यले भने,‘अनि रोजगारदाताको व्यवहार चाहिँ ‘काम गर्न दिएकै छु, फेरि पैसा पनि दिनुपर्छ र?’ भने जस्तो । ‘इन्टर्नसिप’का नाममा हुने सस्तो श्रम शोषण अर्को विकृतिका रूपमा उदाएको छ ।’

महिनाको अन्त्यसँगै अनिवार्य तलब भुक्तानी, ओभरटाइमको स्पष्ट हिसाब, इन्टर्नलाई मर्यादित व्यवहार हुनुपर्ने आचार्यले बताए । उनले भने,‘तलब ढिला गर्दा व्याजसहित दिनुपर्ने कडा कानुनी व्यवस्था र अनुगमन संयन्त्रको जोडदार माग गर्दछु । श्रमको सम्मान नगर्ने अर्थतन्त्र कहिल्यै दिगो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?