News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपाली फिल्म 'मितज्यू' र 'काजी' सहित बलिउडको 'चाँद मेरी दिल' र हलिउडको 'स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु' रिलिज भएका छन्।
- 'मितज्यू' फिल्ममा टेरिया मगरको डेब्यू छ र दयाहाङ राई, सौगात मल्लले अभिनय गरेका छन् भने अनिल बुढामगरले निर्देशन गरेका छन्।
- 'स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु' मा पेड्रो पास्कल र 'बेबी योडा' को कथा देखाइएको छ र यो जोन फेब्रुले निर्देशित फिल्म हो।
काठमाडौं । शुक्रबारदेखि २ नेपालीसहित चार फिल्म हलमा रिलिज भएका छन् । नेपाली भाषाका ‘मितज्यू’ र ‘काजी’ सहित बलिउडको ‘चाँद मेरी दिल’ तथा हलिउडको ‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ हलमा लागेका हुन् ।
‘मितज्यू’ चर्चित डान्सर टेरिया मगरको डेब्यू फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकार पनि छन् । ड्रामा जनरामा राखिएको यो फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन् ।
ग्रामीण परिवेशमा खिचिएको कथाले मितेरी साइनो र ग्रामीण भेगमा चल्ने जीप चालकको कथा भन्छ । जनक घर्तीमगरले निर्माण गरेको यो फिल्मको रनटाइम १३६ मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।
‘काजी’मा विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका छ । दम्पतीको उतारचढावपूर्ण प्रेमिल सम्बन्धको कथावस्तु यसमा छ । लक्ष्मण रिजाल निर्देशित यो फिल्मको रनटाइम १४६ मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।
‘चाँद मेरी दिल’ बलिउडको रोमान्टिक ड्रामा हो । अनन्या पाण्डे, लक्ष्य र प्रथम राथोडको शीर्ष भूमिका रहेको यो फिल्मलाई विवेक सोनीले निर्देशन गरेक हुन् । युनिभर्सिटीमा अध्ययन गर्ने दुई विद्यार्थीको प्रेम सम्बन्धबारेको कथावस्तुमा फिल्म बनेको हो । यो फिल्मको रनटाइम १४६ मिनेट र सर्टिफिकेट पीजी छ ।
‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ सात वर्षपछि प्रदर्शनमा आएको नयाँ ‘स्टार वार्स’ चलचित्र हो, जसले डिज्नी प्लस सिरिज द मन्डलोरियनको कथालाई अगाडि बढाउँछ । यो फिल्मको निर्देशन जोन फेब्रुले गरेका हुन् ।
फिल्ममा पेड्रो पास्कलले निर्वाह गरेको बाउन्टी हन्टर डिन जारिन र ‘बेबी योडा’ भनेर चिनिने फोर्स सम्बन्धी विशेष शक्ति भएको बालक ग्रोगुको कथा देखाइएको छ । साम्राज्य पतनपछि यी दुईले बाँकी रहेका इम्पेरियल युद्ध सरदारलाई रोक्न नयाँ गणतन्त्रसँग सहकार्य गर्छन् । साथै, जब्बा द हटका छोरा रोट्टा द हटसँग सम्बन्धित एक खतरनाक उद्धार अभियानमा पनि उनीहरू सहभागी हुन्छन् ।
यो फिल्मको रनटाइम १३२ मिनेट र सर्टिफिकेट पीजी छ ।
प्रतिक्रिया 4