+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
20/2 (2.6)
Shares
फ्राइडे रिलिज :

हलमा लागे परिवारिक कथाको ‘हर्ष’, रोमान्टिक ‘तेरे इश्क मेँ’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि नेपाली फिल्म 'हर्ष' र हिन्दी फिल्म 'तेरे इश्क मेँ' नेपालका हलमा प्रदर्शनमा आएका छन्।
  • 'हर्ष' फिल्म पारिवारिक कथामा आधारित छ र खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाहले अभिनय गरेका छन्।
  • 'तेरे इश्क मेँ' फिल्ममा धनुष र कीर्ति सेननले मुख्य भूमिका निर्वाह गरेका छन् र यो बनारसको परिवेशमा प्रेमकथा चित्रण गर्छ।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा नेपाली भाषाको फिल्म ‘हर्ष’ र हिन्दी भाषाको ‘तेरे इश्क मे’ प्रदर्शनमा आएका छन् ।

एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ । खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने संकटबाट परिवारलाई जोगाउनुपर्छ । यही कथा वरपर फिल्म घुमेको छ ।

यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाह लगायतको प्रमुख अभिनय छ । तपाईंलाई पारिवारिक कथावस्तुमा रुचि छ भने ‘हर्ष’ दर्शनीय बन्नसक्छ ।

१२४ मिनेट रनटाइमको यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउँछन् ।

शुक्रबारदेखि बलिउड फिल्म ‘तेरे इश्क मेँ’ समेत रिलिज भएको छ । आनन्द एल राय निर्देशित फिल्ममा धनुष र कीर्ति सेननको शीर्ष भूमिका छ ।

एक्सन-रोमान्स जनरामा राखिएको यो फिल्म शंकर र मुक्ति नामक दुई पात्रको प्रेमकथा चित्रण छ । बनारसको परिवेशमा खिचिएको फिल्ममा यी दुईको प्रेमले अनेक चुनौतीसँग जुध्नुपर्छ ।

अहिले हलमा नेपाली फिल्महरू परान, मनबिनाको धन, जारी २, जेरी अन टप पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?