+
+
Shares

६१ दिनका लागि १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिको लागि बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ।
  • बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म अनलाइन बिडमार्फत ब्याजदर तय गरी रकम राख्न सक्नेछन्।
  • राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकम बाँडफाँड गर्ने जनाएको छ।

८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिको लागि निक्षेप संकलन उपकरणमार्फत शुक्रबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ ।

कर्जा प्रवाह न्यून हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएको छ । जसको असर ब्याजदरमा परिरहेको छ । राष्ट्र बैंकले विभिन्न माध्यमबाट अधिक तरलता खिच्ने काम गर्दै आएको छ ।

यो निक्षेप उपकरणमा बैंक तथा वित्तीय संस्थाले राख्न चाहेको रकम तथा ब्याज कबुल गरेर दिउँसो ३ बजेसम्म अनलाइन बिड गर्न सक्नेछन् । यस्तो रकमको बोलकबोलबाटै ब्याजदर तय हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?