+
+
Shares

गुण्डुमा एमाले सचिवालय बैठक

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक ८ वैशाख, गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ।
  • बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताए।

८ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।

गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ ।

बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।

११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?