News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव सोमबारको सचिवालय बैठकमा अघि बढाएको छ।
- प्रस्तावअनुसार केपी शर्मा ओली अध्यक्ष, रामबहादुर थापा पहिलो उपाध्यक्ष र छविलाल विश्वकर्मा पहिलो सचिव रहेका छन्।
- तीन उपमहासचिवमा योगेश भट्टराई तेस्रो वरीयतामा र महेश बस्नेत सचिवमध्ये नवौं स्थानमा राखिएका छन्।
७ जेठ, काठमाडौ । नेकपा एमालेका पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव अगाडि बढाइएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव पनि राखिएको छ ।
प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन् ।
तीन उपमहासचिवमा योगेश भट्टराईलाई तेस्रो वरीयतामा राखिएको छ भने महेश बस्नेतलाई ९ जना सचिवमध्ये नवौं स्थानमा राखिएको छ ।
प्रस्तावित वरीयता:
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष: रामबहादुर थापा
उपाध्यक्ष: विष्णुप्रसाद पौडेल
उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ
उपाध्यक्ष: गोकर्ण बिष्ट
उपाध्यक्ष: रघुजी पन्त
महासचिव: शंकर पोखरेल
उपमहासचिव: लेखराज भट्ट
उपमहासचिव: रघुबीर महासेठ
उपमहासचिव: योगेश भट्टराई
सचिव: छविलाल विश्वकर्मा
सचिव: पद्या अर्याल
सचिव: खगराज अधिकारी
सचिव: भानुभक्त ढकाल
सचिव: यामलाल कँडेल
सचिव: शेरधन राई
सचिव: राजन भट्टराई
सचिव: हिक्मत कार्की
सचिव: महेश बस्नेत
प्रतिक्रिया 4