+
+
Shares

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सव अवसरमा वित्तीय साक्षरता तथा निःशुल्क स्वास्थ्य परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ देखि ७ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरेको छ।
  • बैंकले जेठ ६ गते देशभरका कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरी २०० पिन्ट रगत संकलन गरेको छ।
  • जेठ ७ गते बैंकले स्थानीय भेषभूषा सहित कार्यक्रम सञ्चालन गरी नारायणहिटीलाई खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ।

८ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंक जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा जेठ २ देखि ७ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरेको छ ।

जसअन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरता सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण लगायत विषयवस्तु समेटिएको थियो ।

जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको थियो भने ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन भएको थियो । ती शिविरबाट करिब २०० जना व्यक्तिको स्वास्थ्य, आँखा तथा दाँतको परीक्षण गरिएको थियो ।

बैंकले वार्षिकोत्सवको अवसरमा ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रम मार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो ।

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरिएको जनाएको छ ।

सोही दिन बैंकले संस्कृति प्रवर्द्धन तथा मन्दिर सरसफाईलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरुमा सरसफाई सामाग्रीहरू हस्तान्तरण गरेको छ । साथै ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रबर्द्धन/मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रबर्द्धनको लागि समेत बैंकले सहयोग गरेको छ ।

जेठ ७ गते बैंकले केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषाको प्रहसन समेत गरेको थियो । सोही दिन नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी व्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ ।

अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ हरेका वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा संकलन गरिएका फोटो समेत केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको थियो । विगत ४ वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौ श्रृङखला समेत जेठ महिनामा सञ्चालन हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?