News Summary
Generated by OK AI. Editorially reviewed.- जेठ ९ गते दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा आयोजना हुनेछ।
- फेस्टिभलमा बालबालिका खेल, बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकी, फोटो बुथ, खानाका स्टल र डिजे प्रस्तुति रहनेछन्।
- जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स लगायत ब्यान्डको प्रस्तुति हुनेछ र रेमन दास श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछन्।
८ जेठ, काठमाडौं । काठमाडौंको केन्द्र दरबारमार्गमा फेरि नयाँ रौनक छाउने भएको छ । जेठ ९ गते (शनिबार) दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ ।
यस वर्ष ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सव हुने भएको हो । ‘एक्स्ट्रिम स्याटर्डे’का रूपमा फेस्टिभललाई अझ ऊर्जावान् बनाइने प्रायोजक कम्पनीले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्षझैँ स्ट्रिट फेस्टिभलको भरपुर मजा निःशुल्क लिन पाइनेछ ।
महोत्सवमा पारिवारिक मनोरञ्जन प्रदान हुनेछ । बालबालिकाका लागि विभिन्न खेल, बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू र फोटो बुथहरू समेत राखिएको छ । मेलामा विभिन्न स्वादका खानाका तथा फ्रेस पेय पदार्थका स्टल रहनेछन् । मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमकेदार प्रस्तुति रहनेछ ।
जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर, गन एल्भिस ब्यान्डको प्रस्तुती रहनेछ । कार्यक्रमलाई लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ , रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया 4