+
+
Shares

सिड्नी विमानस्थलमा निधन*

अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङ अस्ट्रेलियाको सिड्नी विमानस्थलमै निधन भएकी छन्।
  • उनी आफ्ना छोरा राजु तामाङलाई भेट्न सिड्नी पुगेकी थिइन् र विमान अवतरणपछि अचानक बेहोस भएकी थिइन्।
  • एनआरएनए अस्ट्रेलिया र गो फन्ड मीबाट रकम जुटाएर शव नेपाल पठाउने तयारी भइरहेको छ।

१० जेठ, सिड्नी । छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। (यो तीन वर्ष अघिको घटना हो ।*)

अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको थियो ।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।

शव नेपाल लैजान गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाएका थिए । गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका थिए ।

(भूलवश तीन वर्ष पुरानो सन्दर्भको समाचार प्रकाशन भएकोमा क्षमा चाहन्छौं : सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?