News Summary
Generated by OK AI. Editorially reviewed.- "केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि राज्यले चलचित्रलाई सम्मान गर्नुपर्छ" भन्दै एमाले सांसद पद्मा अर्यालले विधेयक स्पष्ट हुनुपर्ने बताइन् ।
- ऐतिहासिक र सांस्कृतिक पहिचान बोक्ने चलचित्रलाई राज्यले विशेष अनुदान र कर छूटको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
- कुनै समुदायको कथामा चलचित्र बनाउँदा सोही समुदायसँग अग्रिम अनुमति लिनुपर्ने र चलचित्र विकास बोर्डलाई औपचारिक संस्थामात्र बनाउन नहुने उनले उल्लेख गरिन् ।
काठमाडौं । एमाले सांसद पद्मा अर्यालले चलचित्रलाई व्यापारिक सफलताको आधारमा नभएर सांस्कृतिक योगदानको राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि राज्यले चलचित्रलाई सम्मान गर्नुपर्छ । यसमा विधेयक स्पष्ट बोल्नुपर्छ ।’
ऐतिहासिकता र सांस्कृतिक पहिचान बोक्ने कथामा बनेका फिल्म मनग्य बनेको र यिनलाई राज्यले विशेष अनुदान र कर छूटको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
कुनै समुदायसँग सम्बन्धित कथामा फिल्म बनाउँदा त्यो समुदायसँग अग्रिम अनुमति लिनुपर्ने उनले बताइन् । ‘अन्यथा यसको विवाद निरुपणमा सम्बन्धित निकाय जवाफदेही बन्नुपर्छ’ उनले भनिन् ।
उनले चलचित्र विकास बोर्डलाई औपचारिक संस्थामात्र बनाउन नहुने बताइन् ।
प्रतिक्रिया 4