+
+
Shares

आर्थिक सर्वेक्षणको रङ फेरे वाग्लेले, निलो होइन सुनौलो

सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्मा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरे।
  • विगतमा निलो रङको कभरमा सार्वजनिक हुने आर्थिक सर्वेक्षण यस वर्ष भने नेपाली कागजको हल्का सुनौलो रङमा ल्याइएको छ।
  • पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत आवरण पृष्ठको यो परिवर्तन कस्मेटिक मात्रै हुन नहुने टिप्पणी गरेका छन्।

१३ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् ।

सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान पेस गर्नुअघि चालु आवको आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरूप अर्थमन्त्री वाग्लेले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

आर्थिक सर्वेक्षणमा आर्थिक तथा सामाजिक क्षेत्रका सबै किसिमका तथ्यांक संकलन गरेर राखिन्छ । त्यसका लागि संघीय र प्रादेशिक मन्त्रालय तथा निकाय, संवैधानिक निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संघसंस्था, अन्तर्राष्ट्रिय संघसंस्था तथा विकास साझेदार लगायतले उत्पादन एवं प्रकाशन गरेका तथ्यांकलाई आधार मान्ने गरिन्छ ।

आर्थिक सर्वेक्षणमा गत आवको पूर्णअवधि र चालु आव फागुनसम्मको प्रारम्भिक तथ्यांकका आधारमा वास्तविक क्षेत्र, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय र वाह्य क्षेत्रका उपलब्धि विश्लेषण गर्ने गरिन्छ ।

‘आवरण पृष्ठबाट परिवर्तन सुरु भयो, तर यो परिवर्तन कस्मेटिक मात्रै नहोस्, शुभकामना,’ पूर्वअर्थमन्त्री रामेश्वर खनालले फेसबुकमा आर्थिक सर्वेक्षणको कभर पृष्ठ राख्दै लेखेका छन् ।

लामो समयदेखि निलो रङको कभरमा आर्थिक सर्वेक्षण आउने गरेकोमा यस वर्ष सुनौलो रङको ल्याएर सांकेतिक रूपमा परिवर्तनको सन्देश दिएको हुन सक्ने अर्थ मन्त्रालयका एक पूर्वसचिवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?