+
+
Shares

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर (तस्वीर)

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ जेठ १४ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्कअगाडि विभिन्न संस्था र मजदुर संगठनले बनाएका अनधिकृत संरचनामा डोजर चलाउन शुरू गरेको छ ।
  • महानगरपालिकाले सडक चौडा बनाउने उद्देश्यका साथ ३५ दिने म्याद सकिएपछि यी संरचनाहरू हटाउन थालेको हो ।
  • नगर विकास समितिको जग्गामा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र ट्रेड युनियनहरूले संरचना बनाएर भाडा उठाउँदै आएका थिए ।

१४ जेठ, काठमाडौं । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।

हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ ।

यहाँको संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो। यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।

 

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?