News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
- नेपालको संवैधानिक व्यवस्था अनुसार आगामी १५ जेठ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ ।
- बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।
१४ जेठ, काठमाडौं । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4