+
+
Shares

पटनाको गंगा नदीमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु, ५ जना बेपत्ता

अहिलेसम्म सात जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन् । दुई जनाको शव निकालिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १३:०५

भारतको पटनास्थित गंगा नदीमा बिहीबार बिहान डुंगा पल्टिएको छ । डुंगामा सवार सात जनालाई उद्धार गरिएको छ।

पटना जिल्ला प्रशासनले अहिलेसम्म दुई जनाको शव निकालिएको, सात जनाको उद्धार गरिएको र अन्य पाँच जना बेपत्ता रहेको जनाएको छ । उद्धार प्रयास जारी छ ।

प्रशासनले बिहीबार बिहान करिब ५:४५ बजे, बाढ उपविभागको उमानाथ घाट नजिकै बिन्द टोलीका १४ जना डुंगा चढेर समस्तीपुर जिल्लाको मोहिउद्दीननगरको सुल्तानपुर डायरा गएका थिए ।

मानिसहरू प्रायः त्यहाँ लौका टिप्न र अन्य खेतीपातीको काम गर्न जान्छन् ।

फर्कने क्रममा, समस्तीपुरको सुल्तानपुर डायरा नजिकै तीव्र हावाका कारण डुंगा पल्टिएको थियो । अहिलेसम्म सात जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन् । दुई जनाको शव निकालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?