+
+
Shares

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ ।
  • दुर्घटनामा घाइते भएका तीन जना कामदारको उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
  • जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी घटनाबारे अनुसन्धानको आदेश दिएका छन् ।

१५ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु भएको छ । बिहीबार अबेर राति निर्माण कार्य चलिरहेका बेला पुल खस्दा कामदारहरूको मृत्यु भएको हो ।

मृतकहरुमध्ये दुई जना हमीरपुर र चार जना बान्दा जिल्लाका रहेका छन् ।

पुलको भग्नावशेषमा पुरिएका तीन कामदारलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मानकलाई लिएर सवाल उठिरहेका छन् । जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेर अनुसन्धानको आदेश दिएका छन् ।

बिहीबार राति उत्तर प्रदेशका कयौं भेगमा तीव्र आँधी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले मौसम खराब रहने चेतावनी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?