+
+
Shares

नेसनल इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समिति पुनर्गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई. प्रमोदकुमार यादवको अध्यक्षतामा नेसनल इन्जिनियर्स एसोसिएसन नेपालको ५१ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको छ।
  • ई. सुशीलप्रसाद देवको संयोजकत्वमा गठित समितिले गरेको प्रस्ताव अनुसार नयाँ कार्यसमिति गठन गरिएको हो।
  • पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ई. रघुनन्दन ठाकुर र ई. गौरी पण्डित चयन भएका छन्।

१५ जेठ, काठमाडौं । नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) को केन्द्रीय समिति पुनर्गठन भएको छ ।

पुनर्गठन पछ्चात ई. प्रमोदकुमार यादवको नेतृत्वमा केन्द्रीय समिति बनेको छ । उनी यसअघि पनि अध्यक्ष नै थिए । फेरि उनकै नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन भएको हो ।

अध्यक्ष यादवका अनुसार ई. सुशीलप्रसाद देवको संयोजकत्वमा ‘संगठन बिस्तार तथा पुनर्गठ समिति २०८२’ बनेको थियो । सोही समितिले प्रस्ताव गरे अनुसार यादवको अध्यक्षतामा ५१ सदसीय केन्द्रीय समिति पुनर्गठन गरिएको हो ।

पुनर्गठित समितिको वरिष्ठ उपाध्यक्षमा ई. रघुनन्दन ठाकुर र ई. गौरी पण्डित रहेका छन् ।

उपाध्यक्षमा चार जना छन् । ई. दिपककुमार मण्डल, ई. तेजनारायण यादव, ई. लराधाकृष्ण साह र ई. धिरजकुमार शाह उपाध्यक्ष भएका हुन् ।

महासचिवमा ई. तपेश्वर यादव र उपमहासचिवमा ई. अभिषेककुमार गुप्ता चयन भए ।

चार जना सचिव रहेका छन् । ई. परवेज खान, ई. सितेश यादव, ई. बिरेन्द्र राउत र ई. अब्दुल मोटिम मुसलमान सचिव भएका हुन् ।

कोषाध्यक्षमा ई. सुनिलकुमार साह र सह कोषाध्यक्षमा ई. अर्चना यादव चयन भए ।

प्रवक्ताको जिम्मेवारी केन्दीय सदस्य ई. मुकेशराज शाहले प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?