News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय सडक पुल निर्माण गर्ने घोषणा गरेको छ ।
- पूर्व–पश्चिम राजमार्ग ५ वर्षभित्र ४ लेनमा विस्तार गर्न सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
- द्रुतमार्गलाई १७ अर्ब ६४ करोड, हुलाकीलाई ४ अर्ब ६५ करोड, कर्णालीलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ ।
सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने छ । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।
अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
दू्तमार्गको ४० पुल र ४ सुरुङ दु्रतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।
कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4