+
+
Shares

बढ्यो निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब

सरकारले निजामती र सार्वजनिक सेवामा रहेकाहरुको तलब बढाएको छ । बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको तलब १० ले घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेको छ ।
  • कर्मचारीले खाइपाइ आएको ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
  • नयाँ व्यवस्था लागू भएपछि कार्यालय सहयोगीको तलब ४० हजार र मुख्यसचिवको तलब करिब १ लाख रुपैयाँ पुग्ने उनले बताए ।

१५ जेठ, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवामा रहेकाहरुको तलब बढाएको छ । बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको तलब १० ले घोषणा गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने ‘पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि नभएको र मूल्यवृद्धि १७ दशमलब ३ प्रतिशत रहेकाले मर्यादित जीवनयापत्रका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने महशुस गरेको छु ।’

उनका अनुसार, कर्मचारीहरुले अहिले पाएको पाँच हजार रुपैंयाको महंगी भत्ता निरन्तर पाउनेछन् । त्यसबाहेक शुरु स्केलमा १० प्रतिशत तलब बढाएका छन् । उनले भने, ‘कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु ।’

उनले ती दुई व्यवस्थाबाट करिव २१ प्रतिशत तलब बढ्ने बताए । उनका अनुसार, नयाँ व्यवस्थापछि कार्यालय सहायोगी स्तरका कर्मचारीको तलब ४० हजार हुनेछ भने मुख्यसचिवको तलब एक लाख हाराहारीमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?