+
+
Shares

कान्ति लोकपथबाट बागमतीमा गाडी खस्यो, चालक बेपत्ता

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने पुलबाट एक टेलर गाडी बागमती नदीमा खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते २०:१९

१६, जेठ हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने पुलबाट एक टेलर गाडी बागमती नदीमा खसेको छ ।

बागमती पुलसँग जोड्न बनाइएको डाइभर्सन सडकबाट ना ६ ख ४०४२ नम्बरको गाडी बागमतीमा खसेको हो । उक्त घटनामा चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्ताैला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती हाइड्रोपावरको फलामको पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा दुर्घटना हुन पुगेको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको हो । गाडीमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हाम फालेर सकुशल रहने पुगेको डीएसपी काफ्लेले बताए ।

घटनाको जानकारी लागत्तै  इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो ।

नेपाली सेनाको फास्ट ट्रयाक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमाण्डमा ७ जनाको टोली खटिएर उद्धारमा संलग्न रहेको डीएसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?